Government of Nepal
Ministry of Forests and Environment

Department of Plant Resources

Thapathali, Kathmandu

Search


×
Filter
Scientific Name Common Name Plant Material
नेपालमा पाईने वानस्पतिक स्रोतको विविधताको अध्ययन, अनुसन्धान, पहिचान, अभिलेखीकरण, रासायनिक विश्लेषण तथा प्रमाणीकरण, स्वस्थानीय तथा परस्थानीय संरक्षण, संवर्द्धन एवं दिगो विकास गर्ने उद्देश्यले वनस्पति विभागको स्थापना भएको हो। वनस्पतिहरुको वनस्पति स्रोतको सर्वाङ्‍गीण विकास गर्नको लागि, सदुपयोग गर्नको लागि र राज्यको कूल ग्राहस्थ उत्पादनमा वनस्पति स्रोतलाई मूल प्रवाहीकरण गर्नको लागि आवश्यक अध्ययन अनुसन्धान, प्रविधि विकास र प्रविधि हस्तान्तरण गर्नको लागि वनस्पति विभागको स्थापना भएको हो। वनस्पति विभागले बहुआयामिक ढङ्गबाट वनस्पतिहरुको अध्ययन, अनुसन्धान, संवर्द्धन, प्रवर्दन गर्दै अगाडी बढ्ने प्रयास स्वरूप विभिन्न विधाका वैज्ञानिकहरुलाई जनशक्तिको रुपमा परिचालन गर्दै आईरहेकोछ र भविष्यमा वनस्पति स्रोतको सही सदुपयोग गरी यसलाई उत्पादनसँग जोडेर राज्यको कूल ग्राहस्थ उत्पादनमा केही मात्रामा भए पनि योगदान गर्न सक्ने गरी आफ्नो कार्यहरु अगाडि बढाइरहेको छ ।